मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका ल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजनामा सम्पन्न हुने निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी आज आइतवारदेखि सुरु भएकाे छ । सम्पादक, संवाददाता र लगानीकर्ता गरी ७० जना मिडियाकर्मीको सहभागिता रहेको कार्यशालाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गर्नुभयो ।
भर्चुअल विधिमा सञ्चालित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सचिव अर्यालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन १५ दिनमात्र बाँकी रहेको बेला मिडियाले निर्वाचन आचारसंहितामा देखाएको सक्रियताले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सघाउने धारणा राख्नुभएको थियो ।
उद्घाटन सत्रको अध्यक्षता गर्दै वरिष्ठ पत्रकार तथा नेपाल प्रेस इन्ष्टिच्यूटका पूर्वअध्यक्ष ध्रुवहरि अधिकारीले मिडियाकर्मीले पत्रकारिताको सिद्धान्तलाई अवलम्बन गर्ने हो भने स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गर्न योगदान पुग्ने धारणा राख्नुभयो ।
पहिलो दिन निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यनाथ अर्यालले निर्वाचन आचारसंहिताका विविन्न प्रावधानका विषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश १ र मधेश प्रदेशका अध्यक्ष क्रमशः लीलावल्लभ घिमिरे र राजेश कर्णले आ–आफ्नो क्षेत्रको निर्वाचन आचारसंहिता पालनाका विषयमा प्रकाश पार्नुभएको थियो ।
गोष्ठी सोमवार र मङ्गलवार पनि चल्नेछ । बिहान ७ बजे गूगल मिटबाट सहभागी हुन सकिने यस कार्यक्रममा सोमवार निर्वाचन अनुगमनका विषयमा निर्वाचन आयोगकै अधिकारीले प्रष्ट पार्ने र अन्तिम दिन मंगलवार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकारका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तथा प्रेस काउन्सिल नेपालका अध्यक्षहरू र प्रदेशका पत्रकार महासङ्घका अध्यक्षहरूले पनि सम्बोधन गर्नुहुनेछ । बिहान ७ बजेदेखि ११ बजेसम्म चल्ने यस अन्तरक्रियामा सहभागी हुन मिडियाकर्मीले गूगल लिङ्कका लागि नाम र संस्था उल्लेख गर्दै नेपाल प्रेस इन्ष्टिच्यूटमा सम्पर्क गर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।