दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

 कात्तिक २१, २०७९ सोमबार ७:१७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ ।

यस्तै, ७७ वटै जिल्ला निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमार्फत् पनि मतदाता शिक्षा कार्यक्रम भइरहेको आयोगले जनाएको छ । आयोगले  हरेक पालिकामा कम्तीमा एउटा नमुना मतदान कार्यक्रम प्रभावकारी ढङ्गबाट सम्पन्न गर्नका लागि बजेटसमेत पठाइसकेको  जनाएको छ ।

पालिकाहरुमा नमुना मतदान कार्यक्रम पनि भइरहेका छन् । सबै पालिकामा नमुना मतपत्र छापेर पठाइसकेको आयोगले जनाएको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा  मतदाता शिक्षा समितिसमेत गठन गरिएको छ । आयोगले गएको शुक्रवारदेखि सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिसकेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका प्रतिनिधिले मतदाता शिक्षा दिने काम गरिरहेका छन् । मतदाता शिक्षामा खटिएका प्रतिनिधि या नजिकको निर्वाचन कार्यालयमा सम्पर्क गरेर पनि मतदान गर्ने सही तरिका थाहा पाउन सकिने आयोगले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया