मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयाे

 कात्तिक २१, २०७९ सोमबार १२:२३:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरीमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे। 

ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया