शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

 कात्तिक २२, २०७९ मंगलबार १५:५०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ । 

आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  

आज कालिका लघुवित्तको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल र गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया