चुनावी सभामा जाँदा विरोध खतिवडामाथि हातपात

 कात्तिक २२, २०७९ मंगलबार १७:१७:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आज मङ्गलवार हातपात भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लिनेबित्तिकै हेटौँडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका थिए । मनहरी गाउँपालिका ४ गोलघरमा सत्तारूढ गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि हातपात भएको हो ।

खतिवडालाई गठबन्धनमा आबद्ध कार्यकताले हातपात गरेकाे बताइएकाे छ । हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयाे । 

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधि सभातर्फ सत्तारूढ गठबन्धनका संयुक्त उम्मेदवार हुनुहुन्छ । खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा सांसदमा निर्वाचित हुनुभएकाे थियाे । सांसद भएको ३० वर्षपछि उहाँले स्वास्थ्य मन्त्री बन्ने अवसरसमेत पाउनुभएकाे थियाे । चार पटक सांसद बन्नुभएका खतिवडा पाँचौँ पटक सांसद बन्ने दौडमा हुनुहुन्छ । 

प्रारम्भिक अनुसन्धानमा हातपात गर्ने व्यक्तिले रक्सी खाएका र खतिवडासँग पुरानो रिसइबीसमेत रहेको बताइएकाे छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया