सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
दार्चुला – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशकाे परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको दाबी गर्नुभएकाे छ ।
आज बुधवार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको जिकिर गर्नुभयो । परिवर्तन विरोधी, सङ्घीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरूलाई परास्त गर्नका लागि नेपाली कांग्रेसलगायत परिवर्तन पक्षधर पार्टीहरूसँग गठबन्धन गरेको उहाँकाे भनाइ थियाे ।
अहिले देशमा दुई खाले गठबन्धन भएको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ठूलो सङ्घर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, सङ्घीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ।’
प्रतिगामी शक्तिहरूले पनि गठबन्धन बनाएको भन्दै उहाँले भन्नुभयो, ‘जो हिजोका दिनदेखि नै सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको विरोधी थियो । अहिले पनि निकै ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, देशमा राजतन्त्र फर्काउन चाहनेहरूको पनि गठबन्धन बनेको छ । त्यसको नेतृत्व केपी ओलीले गरेका छन् ।’
अहिले चुनाव प्रचारप्रसारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको बहुमतको सरकार बनाउनुपर्याे भन्दै नागरिकसमक्ष हारगुहार गर्नुले उनीमा नैतिकता हराएको देखिने अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयाे । ‘अब एमालेलाई बहुमत किन दिने ? भएको दुई तिहाइ बहुमतको सरकार विघटन गर्ने, विशाल पार्टीलाई टुक्रा–टुक्रा पार्ने केपी ओली, कुन नैतिकताले जनताको अगाडि बहुमत मागेको ?’ उहाँले प्रश्न गर्नुभयो, ‘किन फेरि पनि संविधान च्यात्नका लागि चाहियो बहुमत ? सदन पटक–पटक विघटन गरेर नेपाली जनताको अपमान गर्न चाहियो बहुमत कि अब बचे खुचेको कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्न बहुमत चाहियो ?’
ओलीले चुच्चे नक्सा बनाएँ भनेर झ्याली पिटेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नक्सा पास ओलीले गरेका होइनन्, तत्कालीन नेकपा बहुमत स्थायी कमिटी सदस्यहरूको मागअनुसार भएको हो ।’
आफू तत्कालीन नेकपाको एउटा अध्यक्ष रहेका बेला कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले बाध्य पारेपछि त्यसकाे निर्णय मान्न ओली तयार भएको उहाँले जिकिर गर्नुभयाे ।
आफ्नै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री बनेको भन्दै उहाँले सामर्थ्य भए अब प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चुनौती पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।