मोरङ ३ (क) मा नयाँ निर्वाचन कार्यक्रम तय, भाेलि नै उम्मेदवारी दर्ता

 कात्तिक २३, २०७९ बुधबार १७:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ ।

नयाँ कार्यक्रमअनुसार भोलि बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम तय भएको छ । पर्सि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ । जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहनुभएका मोरङ ३ (क) का उम्मेदवार शेखरचन्द्र थापाको आज बुधवार बिहान निधन भएको हो । ५६ वर्षका थापाको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

थापा उम्मेदवारी दर्ताको भोलिपल्ट अर्थात् असोज २४ गते अस्पताल भर्ना हुनुभएको थियो । केही दिनअघि डेङ्गीको सङ्क्रमण देखिएका थापालाई निमोनिया पनि भएको थियो । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय पथरी शनिश्चरे–८ का थापाले यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको रूपमा पनि काम गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया