मन्त्री थापाकाे निधनकाे शाेकमा प्रदेश १ मा भाेलि सार्वजनिक बिदा

 कात्तिक २३, २०७९ बुधबार २०:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ — प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनकाे शोकमा प्रदेश सरकारले भाेलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बुधवार एक विज्ञप्ति निकालेर प्रदेश सरकारले याे जानकारी दिएकाे हाे । मन्त्री थापाको निधनकाे शोकमा भाेलि सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको विज्ञप्तिमा जनाइएकाे छ ।  

मोरङ ३ (क) का उम्मेदवारसमेत रहनुभएका थापाको आज बुधवार बिहान निधन भएको हो । ५६ वर्षका थापाको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया