कालीकोट : तिलागुफाको फोइमहादेव राष्ट्रिय प्रसारण लाइनमा जोडियो

 कात्तिक २४, २०७९ बिहिबार ८:२२:४७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ३ को फोइमहादेव गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

गाउँमा बिजुली बत्ती पुगेपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र र तिलागुफा नगरपालिकाको संयुक्त पहलमा फोइमहादेवका ३ सय ३२ घरधुरीमा बिजुली बत्ती पुगेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख विमल शाहले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २३, २०७९

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया