'नो नट अगेन' सम्बन्धी रिटमा अन्तरिम आदेशलाई निरन्तरता

 कात्तिक २४, २०७९ बिहिबार १८:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले 'नो नट अगेन' सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

यसअघि गएकाे आइतवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यही आदेशलाई अदालतले निरन्तरता दिएकाे हाे । 

यस आदेशलाई आज बिहीवार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले निरन्तरता दिएको हो । 

सामाजिक सञ्जालको पेज 'नो नट अगेन' लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।

पूर्वप्रधानमन्त्रीलगायत पटक–पटक सांसद भएका व्यक्तिलाई फेरि निर्वाचित नगर्न आह्वान गर्दै 'नो नोट अगेन' अभियान सञ्चालन भइरहेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया