टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
डोटी – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गरेरै छाड्ने बताउनुभएको छ ।
नेकपा एमाले डोटीले आज शनिवार दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले पश्चिम सेती परियोजना विभिन्न राजनैतिक कारणले बन्न नसके पनि अब बन्ने एमालेको सरकारले त्यो निर्माण गरेरै छोड्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “पश्चिम सेती निर्माणका विषयमा एमाले सधैँ सकारात्मक छ, हामी उक्त जलविद्युत् आयोजना निर्माण गरेर छोड्छौँ ।”
यस्तै ओलीले डोटीको सिलगढीमा रहेका विद्यालयमा विभिन्न विषयका प्राविधिक विषयहरुको पढाइ सुरु गरिने बताउनुभयो । त्यसैगरी उहाँले दुई वर्ष भित्रमा सबै बालबालिकालाई विद्यालय पुर्याउने एमालेको लक्ष रहेकाले बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।
त्यसैगरी उहाँले पूर्व पश्चिम हुलाकी राजमार्ग र महाकाली करिडोर पनि एमालेले नै बनाएकाले मदन भण्डारी राजमार्गको सुरुवात पनि एमालेले नै गरेको र लगभग त्यस कामको अन्त्य हुने अवस्थामा रहेको उहाँकाे भनाइ थियाे । त्यसैगरी पुष्पलाल मध्यपहाडी राजमार्गको सुरुवात एमालेले नै गरेको र त्यसको निर्माण कार्य लगभग सकिएको उहाँको जिकिर गर्नुभयाे । त्यस्तै सुकम्वासी समस्या समाधान गर्ने कुरा एमालेले नै उठाएकाले त्यसको समाधान आफूरुले नै गर्ने उहाँको दाबी थियो ।
एमालेको ४१ महिने कार्यकालमा सडक, विद्युत्, विमानस्थललदेखि थुप्रै विकासका कामहरु भएकाले एमाले देश विकासका लागि सधैँ अग्रपङ्तिमा रहेको दाबी पनि उहाँले गर्नुभयो । कार्यक्रमको अन्त्यमा उहाँले ओलीले सबै राजनैतिक दल, नेता तथा कार्यकर्ताहरुले विना पूर्वाग्रह राष्ट्र निर्माणको काममा लाग्नुपर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।