भारतीय प्रधानमन्त्री मोदी बने ‘च्याम्पियन्स अफ् द अर्थ’

 असोज १७, २०७५ बुधबार १४:५५:७ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट संघले ‘च्याम्पियन्स अफ् द अर्थ’ अवार्डले सम्मान गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले दिल्ली आएरै प्रधानमन्त्री मोदीलाई अर्वाड दिनु भएको हो ।

अवार्ड ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाएको सम्मान पर्यावरणको सुरक्षाका लागि सवा सय करोड भारतीय नागरिकको प्रतिवद्धताका लागि भएको बताउनुभयो । 

भारतीय प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई अनुकरणीय नेतृत्त तथा जलवायु परिवर्तन रोकथामका लागि विशेष पहल गरेको भन्दै यो प्रतिष्ठित पुरस्कारले सम्मान गरिएको हो । 

सेप्टेम्बर २६ अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा यो पुरस्कारको घोषणा गरिएको थियो । यो पुरस्कार राजनीतिक नेतृत्व, नागरिक समान तथा पर्यावरणमा सकारात्मक प्रभाव पार्ने खालको काम गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।

यो वर्ष संयुक्त राष्ट्र संघको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन, जोआन कार्लिङ, चीनको जिनजिआङ प्रान्तको ग्रामिण विकास कार्यक्रम, केरलको कोच्ची अन्तर्राष्ट्रिय विमानस्थल, बियोन्ड मिट र इम्पोसिबल फूड्सलाई प्रदान गरिएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया