चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन

 कात्तिक २७, २०७९ आइतबार ७:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् ।

सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहेकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भइ सबै ठाउँमा पुगिसकेका जानकारी दिनुभयाे । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिसकेको छ।

एकीकृत  सुरक्षा  योजनाअन्तर्गत  नेपाली सेना मतदानस्थलको बाहिरी सुरक्षामा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछन् । तत्काल परिचालन हुने गरी काठमाण्डौ, पोखरा, चितवन, बर्दिबास, इटहरी, सुर्खेतलगायतका ठाउँमा सेनाले  हवाई व्यवस्थापनसहित  १ सय ५०  सैनिक  तयारी  अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ।

सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । चुनाव आउन अब एक हप्तामात्रै बाँकी छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया