घरदैलाेमा रहेकाे रवि लामिछानेकाे गाडी ताेडफाेड

 कात्तिक २७, २०७९ आइतबार १६:११:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आज आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ । 

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडीमाथि कसले ताेडफाेड गर्‍याे भन्ने थाहा भएकाे छैन ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Krishna

    Nov. 13, 2022, 5:03 p.m.

    चुनाव हार्ने छाँट आएछ की के हो । गाडी तोडफोडको अभिनय गरियो त!

  •  0 Reply

तपाईको प्रतिक्रिया