आज विश्व मधुमेह दिवस : संसारका ४६ करोडभन्दा बढी मानिसमा मधुमेह

 कात्तिक २८, २०७९ सोमबार ७:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व मधुमेह दिवस । नेपालमा पनि मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।

सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।

नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले  मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ ।

समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहनु हो ।

मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरहरु बताउँछन् । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया