पत्रकार भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित

 कात्तिक २८, २०७९ सोमबार १६:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ । 

सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकमा २०४८ सालको चुनावदेखि २०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ वटा सरकारको नालीबेली समावेश गरिएको छ ।  

पुस्तकमा पत्रकार भण्डारीले २८ वटा सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न समयमा भएका घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेका प्राथमिक स्रोतलाई महत्व दिनु भएको छ ।

रोचक र तथ्यपरक शैलीमा लेखिएको पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन, अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको राजनीतिको आन्तरिक कुरा बुझ्नमा सहयोगी हुनेछ । 

पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न पनि मद्दत गर्छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया