मङ्सिर ४ गतेकाे चुनावपछि एमाले राष्ट्रिय शक्ति भएर आउँछ : अध्यक्ष ओली

 कात्तिक २८, २०७९ सोमबार १७:४०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे मङ्सिर ४ गतेकाे चुनावपछि एमाले राष्ट्रिय शक्ति भएर आउने दाबी गर्नुभएकाे छ । एमालेको निर्वाचन परिचालन समिति सिन्धुली क्षेत्र नं. १ ले दुधौली नगरपालिका ९ काे कमला बहुमुखी क्याम्पसमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सबैलाई समेट्ने गरी यस पटकको चुनावी घोषणापत्र ल्याएको बताउनुभयो । आर्थिक समृद्धि, कृषि, रोजगारी, राष्ट्रको हित र विकासका लागि राष्ट्रिय शक्तिको आवश्यक रहेको उहाँले बताउनुभयो । देशलाई विकासको अभियानमा लानका लागि मङ्सिर ४ गतेको चुनावपछि एमाले राष्ट्रिय शक्ति भएर आउने उहाँकाे दाबी थियाे । 

सिन्धुलीमा निर्माण भएको मदन भण्डारी राजमार्गलाई देख्ने बित्तिकै एमालले कति चाँडो विकास गर्न सक्छ भनेर गर्व गर्न सकिने अध्यक्ष ओलीकाे भनाइ थियाे । राजमार्गले छोएको जिल्लाका कारण आर्थिक समृद्धि भएको उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया