काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

 कात्तिक २९, २०७९ मंगलबार ७:५५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ ।

दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो ।

उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको सहयोग लिन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले म्यादी प्रहरी ट्राफिक प्रहरीसँग सडकमा खटिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया