चुनावको तयारी अन्तिम चरणमा : स्थिर समयमा प्रचार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी

 कात्तिक २९, २०७९ मंगलबार १०:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार आयोगले दल, उम्मेदवार र कार्यकर्ताहरुलाई पुनः सचेत गराएको हो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिको ४८ घण्टामा चुनावी प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताउनुभयो । उहाँका अनुसार विगतमा मौन अवधिका रुपमा मानिएको समयलाई यसपालि स्थिर समयको रुपमा प्रयोग गरिनेछ ।

त्यसअनुसार पर्सि मंसिर १ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध गरिएको छ । उहाँले कुनै पनि प्रकारको प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया