चितवनकाे इच्छाकामनामा तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स
माघ २४, २०७९ मंगलबार
दैलेख – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीले हुँदाखाँदाको बहुमतको सरकार चलाउन नसकेको आरोप लगाउनुभएको छ ।
दैलेखको दुल्लूमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुई/दुई पटक संसद विघटन गरेका कारण संविधानको रक्षा गर्न गठबन्धन बनाउन परेको तर्क राख्नुभयो ।
देउवाले स्थायी शान्ति र लोकतन्त्रको संस्थागत विकासका लागि गठबन्धनले चुनावी एकता गरेको र संसदीय निर्वाचनपछि पनि यसको अझै निरन्तरता आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सिंजा राज्य ताकाको हिउँदे राजधानी दुल्लूको विकासको लागि आफूहरु सहयोगी बन्ने आश्वासन पनि दिनुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटकको निर्वाचन औपचारिक र सामान्य किसिमको नभइ नेपालीले पाएको अधिकारको रक्षा गर्ने जनमत संग्रह जस्तै भएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘पाँच दलीय गठबन्धन पाँच पाण्डव जस्तो सत्य र न्यायको पक्षमा उभिएको छ, एमालेजस्ता कौरवहरू पनि चुनावमा खडा छन्, न्यायप्रेमीहरु न्यायको पक्षमा लाग्नुपर्ने बेला आएको छ ।’ विकास र समृद्धिको मुख्य दायित्व पाँच दलीय गठबन्धनमा रहेको पनि उहाँले बताउनुभयो ।
प्रचण्डले दुल्लू दरबारलाई संग्रहालय बनाउने, यहाँको पर्यटकीय आकर्षण बनाउन गठबन्धन सरकारको पहल रहने आश्वासन दिनुभयो । उहाँले ओझेलमा परेको कर्णाली र साधन स्रोतमा पहुँच कमजोर भएको दैलेखबाट गठबन्धन उम्मेदवारलाई जिताएर पठाएपछि उचित जिम्मेवारी दिइने वचन दिनुभयो ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।