जनकपुरधामको परिक्रमा सडकभित्र मासु र जाँड–रक्सी बेच्नेलाई कार...
पुस १६, २०८१ मंगलबार
काठमाण्डाै – चुनाव हुने दिन मङ्सिर ४ गते देशका धेरैजसो ठाउँको मौसम सफा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ का लागि प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै मङ्सिर ४ गते धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको हो ।
मतदानको दिन प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि वर्षा तथा हिमपातको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।
चुनावका लागि कर्मचारी खटिने क्रम सुरु भएको छ । आउँदाे शुक्रवार र शनिवार मतदानस्थलमा बैठक, मतदान केन्द्र बनाउने लगायतका महत्त्वपूर्ण कामहरू हुन्छन् । मङ्सिर २ गते र ३ गते अर्थात् शुक्रवार र शनिवार प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हिमपातको सम्भावना छ । देशका बाँकी ठाउँको मौसम भने सफा रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।