चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हरायो

 पुष १५, २०८१ सोमबार १२:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हराएको छ । अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत पाँचौं दिनको चिया समयपछि १ सय ५५ रन बनाउँदा अलआउट भयो ।

भारतका यशस्वी जयसवालले सबैभन्दा धेरै ८४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए । अस्ट्रेलियाले दोस्रो पारीमा २ सय ३४ रन बनाउँदै भारतलाई ३ सय ४० रनको लक्ष्य दिएको थियो ।

यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा ३ सय ६९ रन बनाएको थियो । मेलबर्नमा भारतले टेस्ट क्रिकेटमा १३ वर्षपछि हार बेहोरेको हो । यसअघि सन् २०११ मा भारतले मेलबर्नमा हारेको थियो ।

यो जीतसँगै घरेलु टोली अस्ट्रेलियाले पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा २–१ ले अग्रता लिएको छ । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा शुरू हुनेछ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया