कोभिड महामारी फैलिएको पाँच वर्षपछि डब्लूएचओले चीनसँग तथ्याङ्क...
पुस १७, २०८१ बुधबार
माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
आज बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मङ्सिर ४ सम्म रहेको जिकिर गर्नुभयाे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उहाँले भन्नुभयाे, ‘ गठबन्धन खरानीको डल्लो हो, मङ्सिर ४ पछि फुट्छ । चुनावपछि एमाले नेतृत्वको सरकार बन्छ अनि गठबन्धनको के काम ?’
अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ हाम्रो जननी बेलायत हो तर हामी उभन्दा फरक ढङ्गले चलिरहेका छौं । बुहमतीय प्रणालीका कारण कसैको पनि बहुमत नआउने हुँदा हङ पार्लामेन्टको अवस्था आउँछ । त्यसाे हुँदा स्वार्थ केन्द्रित राजनीति हुने गरेको छ ।’
एमाले नेतृत्वको सरकार बनेपछि माओवादी शासकीय स्वरूप परिवर्तनको माग गर्दै सडकमा आउलान् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले चुनावपछि माओवादीको अस्तित्व सकिने जिकिर गर्नुभयाे । मङ्सिर ४ पछि माओवादी सडकमा जाने स्थितिमा नहुने उहाँको भनाइ थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।