टालटुले गठबन्धनलाई चुनावमा जनताले जवाफ दिनेछन् : ओली

 कात्तिक ३०, २०७९ बुधबार १९:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताउनुभएको छ ।  

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै आज बुधवार अध्यक्ष ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सरकार कब्जा गरेर लुटेर खानका लागि हो । त्यस्तो गठबन्धनले अनि देश बनाउँछ । मङ्सिर ४ मा जनताले देखाइ दिनेछन् । बिना ढेउवा के भन्नेहरूलाई ।’

अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आउँदो चुनावमा एमालेलाई जिताउन आवश्यक भएको जिकिर गर्नुभयो । उहाँले गठबन्धन १५÷२० वर्षसम्म रहन्छ भनेर दाबी गरिए पनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई चुनावमा मतदाताले जवाफ दिने बताउनुभयो । 

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमा आगो लगाएर नेपाली कांग्रेसको पालीमा बास बस्न पुगेको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया