रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । यसवर्ष ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ कर दिवस मनाइँदैछ ।
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान बिन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।
आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । सरकारले करदातालाई स्वेच्छिक रूपमै करको दायरामा ल्याउने प्रयास गरिरहेको छ । विगतमा करलाई बाध्यताका रूपमा बुझिने गरे पनि पछिल्ला वर्ष कर तिर्ने प्रवृत्तिमा केही सुधार हुँदै गएको छ । राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङ्कलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।
नेपालमा करदातामैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साविकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत् २०५८ साल वैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।
आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यमस्तरीय कारदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् ।
गएको असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत गरी स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार ७ सय १७ रहेकाे छ । राष्ट्रिय कर दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायतले शुभकामना दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।