चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

 मंसिर १, २०७९ बिहिबार ११:५४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतवार हुने चुनाव सफल पार्न सबैकाे दायित्व उत्तिकै हुने बताउनु भएको छ ।  

उहाँले आज एक भिडियो सन्देश निकाल्दै  चुनावको अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।

अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । उहाँले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गर्नु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया