नेपालमै केही गर्छु भनेर फर्किँदा मलाई खाल्डाेमा हाल्ने हर्कतहरू भए : रवि लामिछाने

 मंसिर १, २०७९ बिहीबार १९:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफूले जितेमा विदेशबाट आउने नेपालीलाई त्रिभुवन विमानस्थलमै भीभीआईपी प्रमाणपत्र दिएर आफैँले स्वागत गर्ने दाबी गर्नुभएको छ । 

चितवनको नारायणी किनारमा आज बिहीवार भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले नेपालमै केही गर्छु भनेर फर्किँदा आफूमाथि अपमान, पीडा र खाल्डोमा हाल्ने हर्कतहरू भएको भन्दै विदेशमा बसेका नेपालीलाई आफूले जस्तो अपमान भोग्न नदिने बताउनुभयो । विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको भन्दै उहाँले आफ्नो पार्टीले जितेपछि विदेशमा बस्ने नागरिकले भोट हाल्न पाउने अधिकार सुनिश्चित गर्ने बताउनुभयो । 

कार्यक्रममा बाेल्दै लामिछानेले नागरिकता विवाद झिकेर फसाउन खाेजेकाे पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म सधैँ चक्रव्यूहमा रहने गरेकाे छु । अहिले पनि पनि मलाई चक्रव्यूहमा पारिएकाे छ । तपाईँहरूले घण्टीमा चिह्नमा मतदान गरेमात्रै चक्रव्यूह ताेड्न सम्भव हुनेछ ।’ आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने उहाँकाे भनाइ थियाे ।

 

अध्यक्ष रवि लामिछानेले क्षमतावानलाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आह्वान गर्नुभयाे । प्रलोभनमा नपरि मतदान गर्न उहाँकाे आग्रह थियाे । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया