कुनै स्वार्थ र प्रभावमा नपरि काम गर्न आयोगको निर्देशन

 मंसिर ३, २०७९ शनिबार १८:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

उहाँँले व्यक्तिगत, संस्थागत एवम् पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनै पनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनै पनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी काम गर्न  आग्रह गर्नुभयो । 

उहाँले चुनावको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउनसक्ने अवस्थालाई मध्यनजर गरी त्यसबाट टाढा रहन निर्वाचन अधिकृतलाई निर्देशन दिनुभएको छ ।

यस्तै, कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक चुनाव गराउने कर्तव्यबाट विचलित नहुन पनि निर्वाचन आयुक्त थपलियाले  निर्देशन दिनुभएको छ  । 
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया