दाङमा पर्सि बिहानदेखि मतगणना सुरु हुने, प्रत्येक घण्टा मतगणनाको अपडेट दिइने

 मंसिर ३, २०७९ शनिबार १९:३९:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको मतगणना तीन ठाउँमा हुने भएको छ । मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।

मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि तारजालीसहित  मतगणना स्थल तयार गरिएको  छ । जिल्लाको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मंसिर ५ गते बिहानदेखि मतगणना सुरु गरिने जानकारी दिनुभयो ।  

प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुने छ। दाङ जिल्लामा १ सय ५३ मतदान स्थल, ४ सय ६५ मतदान केन्द्र छन्। दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । ४ लाख १४ हजार ९ सय ५६ मतदाताले चुनावमा भाग लिँदैछन्।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया