लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - आउँदो पाँच वर्षका लागि सङ्घ र प्रदेशमा जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा सदस्य चयनको लागि मतदान हुन लागेको हो । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
देशभरका मतदान केन्द्रमा बिहानैदेखि मतदाताको चहलपल सुरु भएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरि आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि उहाँको आग्रह छ ।
चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, बाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् ।
चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ जना उम्मेदवार छन् ।
आयोगका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् । ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुगमन गर्ने गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।