भोट खसाल्न जाँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस् !

 मंसिर ४, २०७९ आइतबार ६:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचय पत्र नभएमा परिचय खुल्ने अन्य कागजात लिएर मतदान केन्द्रमा जान आग्रह गरेको छ ।

भएसम्म मतदाता परिचयपत्र बोकेर जान र नभएमा आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । तर मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ ।  

यस्तै निर्वाचन आयोगले मतदानका लागि जाँदा मतदान केन्द्र भित्र मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तुहरू नलैजान भनेको छ ।

यस्तै आयोगले अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्न पनि आग्रह गरेको छ ।

आयोगले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिर निस्किएपछि सिधा आफ्नो वासस्थानतर्फ लाग्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया