आजको मौसम सफा : तर चिसो बढेकाले भोट हाल्न जाँदा र चुनावमा खटिँदा ध्यान दिन सुझाव

 मंसिर ४, २०७९ आइतबार ६:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशभरको मौसम सामान्यता सफा रहने मौसमविद्ले बताएका छन् ।

आज प्रतिनिधि सभा र प्रदेश  सभा चुनावको मतदान हुँदैछ । चुनावका लागि मौसम पनि अनुकूल बनेको छ । अहिले केही ठाउँको मौसम आंशिक बदली भए पनि बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पानी पर्ने र भारी हिमपात हुने सम्भावना छैन । तर चिसो बढिरहेकाले भोट हाल्न जाँदा र मतदान केन्द्रमा खटिँदा ध्यान दिन मौसमविद्को सुझाव छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारी तथा मतदातालाई चिसोबाट जोगिन मौसमविद्ले सचेत गराएका छन् । चिसोले स्वास्थ्यमा असर गर्ने भएकाले न्यानो कपडा लगाउन र मन तातो र झोलिलो खानेकुरा खान डाक्टरले पनि सुझाव दिएका छन् ।

धेरैजसोले चिसोको समयमा पानी कम खाने भएकाले बेलाबेलामा मन तातो पानी खाइरहन पनि डाक्टरको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया