लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाण्डौ लगायत तराईका जिल्लाहरू आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताउनुभएको छ ।
भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आज आइतबार बिहान ७ बजेदेखि देशभर एकै चरणमा मतदान सुरु भएको छ ।
आज बेलुकी ५ बजे मतदान सकिने बित्तिकै सबै मतपेटिकाहरू सङ्कलनको काम सुरु हुने र ७ बजेसम्म मतपेटिका सङ्कलन गरी एक घण्टा छलफलको समय राखेर आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताउनुभयो ।
हिमाली जिल्लामा भने आजै मतपेटिका सङ्कलनको काम नसकिने भन्दै भोलि सोमबार बिहान ५ बजेसम्म सबै मतपेटिका जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका सङ्कलन गरी भोलि ५ बजेबाट मतगणना सुरु गर्ने जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फको नतिजा आउँदो ८ दिन भित्रमा प्रकाशित गरिसक्ने उहाँले दाबी गर्नुभयो । मङ्सिर २२ गते भित्रमा सबै नतिजा आइसक्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।