प्रदेश सभा सदस्यमा भोट नहालेका रविकाे टिप्पणी : संरचना सुधार्न आवश्यक छ

 मंसिर ४, २०७९ आइतबार ८:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य चुनावमा मतदान गर्नुभएको छ । उहाँले आज बिहान काठमाण्डौको महाङ्काल चौरमा रहेकाे उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो ।

सभापति लामिछानेले प्रदेश सभा सदस्यमा भने मत खसाल्नु भएन । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म प्रदेश सभाकाे मतदानमा आफू सहभागी नहुने उहाँले बताउनु भयाे । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको उहाँले बताउनु भएकाे छ । 

चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहनुभएका लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैँलाई मत हाल्न पाउनुभएन । 

उहाँले भन्नुभयो, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका पनि छैनौँ तर संरचना सुधारौँ । हामीले सोचेजस्तो देश र नागरिकको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ ।’

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया