पर्वतको नवजागृत माविमा मतदान स्थगित

 मंसिर ४, २०७९ आइतबार ११:४:११ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको नवजागृत मावि मोदी गाउँपालिका-६ तिलाहारको 'ख' केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान अधिकृतले प्रदेश सभातर्फको मतपत्र दिने क्रममा प्रतिनिधि सभाको मतपत्र दिएपछि बिहान साढे १० बजेदेखि मतदान स्थगित भएको हो ।

मतदान फेरि सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया