म कुनै पदको आकाङ्क्षी होइन ‍: बाबुराम भट्टराई

 मंसिर ४, २०७९ आइतबार ११:४२:२२ | किरण लोहनी
unn.prixa.net

गाेरखा - पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू कुनै पदको आकाङ्क्षी नभएको बताउनुभएको छ ।

पालुङटार नगरपालिका-१ को अन्नपूर्ण मावि 'क' मतदान केन्द्रमा मतदान गरेपछि उज्यालोसँग कुरा गर्दै उहाँले भावी राष्ट्रपतिको सन्दर्भमा आफूले केही नसोचेको बताउनुभयो । कतैबाट प्रस्ताव पनि नआएको र आफू पनि आकाङ्क्षी नरहेको उहाँको भनाइ छ ।

चुनावको क्रममा चलेको 'नो नट अगेन' लगायतका अभियानलाई उहाँले पुराना दलप्रतिको आक्रोशको अभिव्यक्तिका रूपमा टिप्पणी गर्नुभयो ।

यस्ता अभियानले परम्परागत दललाई सच्चिनको लागि दबाब बढाएको उहाँको भनाइ छ । भट्टराई ९३ वर्षका बुबा भोजराज भट्टराईसहित मतदान गर्न आउनुभएकाे हाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया