स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा खासै फरक पर्दैन : प्रचण्ड

 मंसिर ४, २०७९ आइतबार १३:५१:६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गनुभएकाे छ । 

गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहनुभएका उहाँले आज आइतवार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा पनि खासै फरक नपार्ने बताउनुभयो । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उहाँको भनाइ छ । 

चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका पदको भागबन्डामा गठबन्धनभित्र समस्या नरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया