कालीकाेटकाे मंगलासैनीमा मतदान सुरु गर्न आयोगको निर्देशन

 मंसिर ४, २०७९ आइतबार १५:३६:३८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – निर्वाचन आयोगले कालीकोटको मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान सुरु गर्न निर्देशन दिएको छ । आयाेगले बेलुकी ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न पनि मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

यसैबीच मतदान स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि कालीकोटको नरहरिनाथ गाउँपालिका ८ को मंगलासैनी मतदान केन्द्रमा दुई पटक फर्जी मत हाल्न गएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएकाले विवाद भएपछि मतदान रोकिएको थियो ।

यस्तै मतदानमा खटिएका एक जना कर्मचारीले रक्सी खाएकाे थाहा पाएपछि निलम्बनमा परेका छन् । उनको ठाँउमा अर्को कर्मचारी खटाइएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया