८ जिल्लामा ३८ राउन्ड हवाई फायर, 'ब्याकअप फाेर्स' प्रयाेग गर्न परेन

 मंसिर ४, २०७९ आइतबार १५:४६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मतदानको क्रममा भएका अवरोध हटाउने क्रममा प्रहरीले आठ जिल्लामा गरी ३८ राउन्ड हवाई फायर गरेको छ । बुथ कब्जा गर्न खोज्नेलाई हटाउन तथा झडप नियन्त्रणको प्रयासमा प्रहरीले ३८ राउन्ड हवाई फायर गरेको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

प्रवक्ता राईका अनुसार दोलखा, बाजुरा, रौतहट, सिरहा, चितवन, हुम्लालगायतका जिल्लामा हवाई फायर भएको हो । यस्तै मतदानका क्रममा विभिन्न विषयमा विवाद हुँदा देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको राईले बताउनुभयो । ४४ मध्ये ३२ वटा मतदान केन्द्रको मतदान फेरि सुरु भइसकेको छ ।

४४ वटा मतदान केन्द्रमा मतदान प्रभावित भएको भए पनि सबै ठाउँको अवस्था सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कतै पनि ब्याकअप फोर्स प्रयोग गर्न नपरेको राईले बताउनुभयो । अप्रिय घटना नभएको र तुलनात्मक रुपमा चुनाव शान्तिपूर्ण रुपमा भैरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया