सुर्खेतमा झन्डै ६० प्रतिशत मत खस्याे

 मंसिर ४, २०७९ आइतबार १८:४०:४९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत सुर्खेतमा झन्डै ६० प्रतिशत मत खसेको छ ।

जिल्लामा समग्रमा शान्तिपूर्णरूपमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नं १ मा एउटा मतदान स्थलमा मतदान राेकिएका हुँदा त्यस क्षेत्रमा मतदान भइसके पछि मात्रै मतगणना हुने छ भने क्षेत्र नं २ मा मतपेटिका सङ्कलन भइसकेपछि मतगणना सुरु हुने छ ।

क्षेत्र नं २ को प्रतिनिधि सभा र प्रदेश सभाका दुई वटा निर्वाचन क्षेत्रको मतगणना सुर्खेत सभा हलमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले सबै मतपेटिका सङ्कलन गरिसकेपछि मिति र समय प्रकाशन गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया