दार्चुलामा ६५ प्रतिशत मतदान, भोलि दिउँसोसम्म सबै मतपेटिका सदरमुकाम पुग्ने

 मंसिर ४, २०७९ आइतबार १९:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ ।

जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आज महाकाली नगरपालिकाको मतपत्रमात्रै गणना स्थलमा पुग्ने र भोलि साेमवार दिउँसोसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्ने कार्यालयले जनाएको छ ।

सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया