डोटीका सबै ठाउँमा मतदान सकियाे

 मंसिर ४, २०७९ आइतबार २०:१९:१६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीका सबै मतदान स्थलमा मतदान प्रक्रिया सकिएको छ । एक सय १५ मतदान स्थल र एक सय ७८ मतदान केन्द्र रहेको डोटीमा ५१ दशमलव १७ प्रतिशत मत खसेको निर्वाचन अधिकारी अरुणाकर पन्तले बताउनुभयो । उहाँका अनुसार कूल मतदातामध्ये ५१ दशमलव १७ प्रतिशत अर्थात् २७ हजार ४५७ पुरुष र ३६ हजार ६०१ महिला मतदाताले मतदान गरेका छन् ।

जिल्लाको एउटा मतदान केन्द्रमा विवाद हुँदा हवाइ फायर भए पनि अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। भाेलि बिहानसम्म सबै मतपेटिका सङ्कल हुने बताउनुभयो । मतपेटिकालाई गणनास्थलमा पुर्‍याएलगत्तै सर्वदलीय बैठक राखेर मतगणनाको कार्य अगाडि बढाउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनुभयो ।

डोटीमा एक लाख २४ हजार ८७० मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनमा ६३ दशमलव ८८ प्रतिशत मत खसेको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया