काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झर्यो

 मंसिर ५, २०७९ सोमबार ७:१५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षकै सबैभन्दा कम हो ।

यसअघि गएको नोभेम्बर १३ तारिख अर्थात् २७ गते काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री सेल्सियस थियो । न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाण्डौसहित देशभर नै चिसो बढेको छ ।

आज प्रदेश-१ का सबैजसो जिल्लाको मौसम आंशिक बदली हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि आजको मौसम आंशिक बदली हुने अनुमान छ ।
 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया