नाना पाटेकरको चरित्रबारे डिम्पल कपाडिया पनि बोलिन्

 असोज १८, २०७५ बिहीबार १२:४२:३४ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता नाना पाटेकर दिनदिनै विवादमा परिरहेका छन । अभिनेत्री तनुश्री दत्ताले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले एकपछि अर्को गर्दै अभिनेत्रीहरुले आफ्नो बयान दिन सुरु गरेका छन् ।

अभिनेत्री रविना टण्डनले बयान दिएको केही दिनपछि डिम्पल कपाडियाले पनि नाना पाटेकरको वास्तविकतालाई सार्वजनिक गरेको भिडियो चर्चामा आएको छ । 

यसअघि सम्म निकै साधारण जीवन बिताउँदै आएका चर्चित अभिनेता नाना पाटेकरको चरित्रमाथि अहिले थुप्रै प्रश्न उठ्न थालेका छन् । डिम्पल कपाडियाको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा डिम्पल कपाडिया नाना पाटेकरको रिसाहा बानीको बारेमा कुरा गरिरहेकी छिन् । 

डिम्पलले  नाना पाटेकरको जिन्दगी सिक्काको २ वटा पाटाजस्तै भएको बताएकी छिन् । उनी भन्छिन्, ‘एकतर्फ उनी अदभूत प्रतिभाका धनी अभिनेता हुन् भने अर्कोतर्फ निकै हिंस्रक छन । नाना पाटेकरको हिंसाको इतिहास नै छ । उनले कयौं पटक महिलाहरुको अपमान गरेका छन् । नाना पाटेकरले कैयौँ अभिनेत्रीहरुमाथि हात उठाइसकेका छन् । साथै उनले महिलाहरुलाई विभिन्न तरिकाबाट दुःख दिएका छन् ।’ 

नाना पाटेकरको बारेमा सबैकुरा थाहा पाएर पनि मानिसहरु चुप लाग्ने गरेको डिम्पलले बताएकी छिन् ।  महिलाहरुप्रति उनको व्यवहार नराम्रो हुँदाहुँदै पनि कहिल्यै पत्रपत्रिकामा पाटेकरको चरित्रको बारेमा कहिल्यै चर्चा नभएको डिम्पलले गुनासो गरेकी छिन् ।

सन् २००८ मा अभिनेत्री तनुश्री दत्ताले फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर त्यस समयमा तनुश्रीले कसैको साथ पाइनन् । त्यस बेला तनुश्री र उनको परिवारले निकै दुःख झेल्नु परेको थियो । तनुश्री र उनको परिवारलाई विभिन्न धम्कीहरु पनि आएको कुरा तनुश्रीले बताइरहेकी छिन् ।  त्यही कारण उनी बलिउड अमेरिका गएकी थिइन् । 

तर १० वर्षपछि फेरि बलिउडमै फर्किएर तनुश्री नाना पाटेकरका विरुद्धमा आवाज उठाइरहेकी छिन् । अहिले उनलाई बलिउडका कलाकार तथा मिडियाले पनि साथ दिइरहेका छन् । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया