एमाले अध्यक्ष ओलीको क्षेत्रमा मतगणनाको तयारी

 मंसिर ५, २०७९ सोमबार १३:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणनाको तयारी भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा रहेकाले पनि यो क्षेत्रलाई चासोका साथ हेरिएको छ ।

केही समय पछि  यो क्षेत्रको मतगणना गर्ने तयारी छ । ५ नम्बर क्षेत्रमा नेपाली काँग्रेसका खगेन्द्र अधिकारी ओलीको प्रतिस्पर्धी हुनुहुन्छ । यस्तै जनता समाजवादी पार्टीका ओममाया आङदेम्वे र राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट सुरेशकुमार पोखरेललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा १ र ५ को गणना हुन बाँकी छ । क्षेत्र नम्बर २ मा एमालेको अग्रता छ भने ३ मा राप्रपाको अग्रता छ । क्षेत्र नम्बर ४ को भने प्रारम्भिक परिणाम आइसकेको छैन ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया