सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि फेरि मतदान हुने

 मंसिर ५, २०७९ सोमबार १३:५२:४० | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि मङ्गलवार फेरि मतदान हुने भएको छ ।

प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसे पछि सुर्खेतको क्षेत्र नं १ मा पर्ने सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलमा हिजाे आइतवार मतदान स्थगित भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले भाेलि फेरि मतदान हुने जानकारी दिएको छ । भाेलि  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया