आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेका ऋषि कपूरलाई क्यान्सर भएको खुलासा

 असोज १८, २०७५ बिहीबार १३:३१:२७ | एजेन्सी

केही दिनअघि आमा कृष्णा राज कपूरको मृत्युमा उपस्थित हुन नसकेका ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ ।

ऋषि कपूर आमाको निधन हुनु केही दिनअघि छोरा रणबिर कपूर र श्रीमती नीतू कपूरसहित अमेरिका गएका थिए । ऋषि कपूरले उनको ट्वीटरमार्फत आफू स्वास्थ्य उपचारका लागि अमेरिका गएको र उपचार गरेर छिट्ट फर्कने भएकाले आफ्ना शुभ चिन्तकलाई चिन्ता नलिन आग्रह गरेका थिए । 

अहिले सार्वजनिक खबरहरुका अनुसार बलिउड अभिनेता इरफान खान र अभिनेत्री सोनाली बेन्द्रेपछि ऋषि कपूरलाई पनि क्यान्सर रोग लागेको कुरा सार्वजनिक भएको छ । ऋषि कपूर अमेरिकामा थर्ड स्टेजको क्यान्सरको उपचार गराइरहेका छन् । 

ऋषि कपूर अभिनेत्री जुही चावलाका साथ एक फिल्मको छायाँकंनको काम गरिरहेका थिए  तर अहिले उक्त छायाँकंनको काम पनि रोकिदिएका छन् । 

अक्टुबर १ मा राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन भएपछि सबैले ऋषि कपूर पनि अमेरिकाबाट परिवारसहित अन्तिम संस्कारका लागि उपस्थित होलान् भन्ने अनुमान लगाएका थिए । 

तर ऋषि कपूर र उनको परिवार उपस्थित नभएपछि ऋषि कपूरलाई कुनै गम्भीर रोग लागेको हुनसक्ने अड्कल लगाइएको थियो । अन्तयमा त्यो सत्य नै सावित भएको छ ।  भर्खरै कृष्णा राज कपूरको निधनको शोकमा डुबेको कपूर परिवारमा फेरि अर्को दुःख थपिएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया