दाङ १ मा मेटमणि चाैधरीलाई सुरुवाती अग्रता

 मंसिर ५, २०७९ सोमबार १६:३१:० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएकाे छ ।

अहिलेसम्म तीन सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चाैधरीले एक सय २५ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेकी शान्ता चाैधरीले ६९ मतसहित पछ्याइ रहनुभएकाे छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चाैधरीले १८ मत पाउनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया