रुकुम पश्चिममा पुनः मतदान गर्न एमालेको माग

 मंसिर ५, २०७९ सोमबार १८:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ ।

आइतबार सम्पन्न मतदानमा बुथ कब्जा भएको दाबी गर्दै एमाले जिल्ला कमिटीले पुनः मतदानको माग गरेको हो । 

पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर एमालेले बाँफीकोट गाउँपालिकाको वडा नम्बर ६ र ७, आठबिसकोट नगरपालिकाको वडा नम्बर २ र ३, सानीभेरी गाउँपालिकाको वडा नम्बर २ र ३ र मुसीकोट नगरपालिका वडा नम्बर १३ मा पुनः मतदानको माग गरेको हो ।

एमालेले पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । एमालेले सर्वदलीय बैठक बहिष्कार गरेकोले मतगणनाको समय निर्धारण हुन सकेको छैन ।  

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया