अर्घाखाँचीमा एमालेका रायमाझीलाई अग्रता, कांग्रेसकी भुसाल ७ सय ६२ मतले पछि

 मंसिर ५, २०७९ सोमबार १९:२२:५० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ । 

अहिलेसम्म तीन हजार आठ सय ६४ मतगणना हुँदा एमालेका टाेपबहादुर रायमाझीले दुई हजार दुई सय दुई मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले एक हजार चार सय ४० मतसहित पछ्याइ रहनुभएकाे छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले ९९ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: मंसिर १४, २०७९

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया